बैशाख २० देखि नै खाेजी गरिरहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टाेपबहादुर रायमाझी लुकिछिपी गर्दै वसिरहेका थिए ।

प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्यूरो’ले उनलाई निगरानी गरिरहेको थियो । प्रहरीले उनी काठमाडौं मै रहेको जानकारी प्राप्त गरेकाे थियो । साे खवरसँगै
आइतबार साँझ प्रहरी पुग्दा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए ।

वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् साे भन्दा अगाडि नेपाल भारत सिमाना लुक्दै वसेका थिए ।

उनको पक्राउ परेपछि मेडिकल गर्न तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको लगेको थियो । मेडिकल गर्नेबेला चिकित्सकसँग रायमाझिले भने ‘एक गिलास बियर लिएकाे छु ।’

रायमाझीलाई साेमवार प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई पक्राउ परेका हुन् ।