प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलसँग सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बैठक डाकेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका छन् । दिउँसो २ः३० बजे सुरु भएको बैठक अहिले सिंहदरबारमा जारी छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेस गर्न लागेको सुझाव लिन प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी लगायतका दलले सरकारलाई समर्थन गरेका छन् । यस बैठकमा आमन्त्रित गरिएको छ।

सरकारले यही जेठ १९ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ