केन्द्रीय सरकार सत्ता गठवन्धन दलले प्रदेश सरकारहरू परिवर्तन गरेपनि काेसी प्रदेशमा समिकरण मिलाउने प्रयास सफलता पाएकाे छैन ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन गर्ने दलले सरकार छाडेमा विश्वासको मत लिन ३० दिनको समय पाउछ त्यसकारण अहिले नै विश्वासको मत फिर्ता लिँदा पनि बजेट ल्याउने समय (१ असारभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले) मुख्यमन्त्री कार्कीले वैधानिक रुपमै पाउने अवसर पाएका छन् ।

त्यसको फाइदा उठाउदै नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को साथ लिदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा गरेका छन्

यस प्रयोजनका लागि आगामी १४ जेठमा प्रदेशसभा अधिवेशन बोलाइएको छ ।

‘ यो सरकार ढालेर आफैं बजेट ल्याउने चाहना काग्रेसकाे रहेपनि, माओवादीले केन्द्रले दोहोरो चरित्र देखायो’, काग्रेसका प्रदेश सदस्य केदार कार्कीले वताए । उनलेे भने कांग्रेसले गत बिहीबार बसेको संसदीय दलको बैठकबाट माओवादी र जसपालाई सरकार छोड्न लिखित पत्र पठाएको थियोे ।

माओवादी पार्टी सरकारमा सहभागी नेताहरु आफैं बजेट निर्माणमा जुटेका छन् । यस सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री छन् । मन्त्री चापागाईं र आचार्य अहिले मन्त्रालयमै बजेट लागि काम गरिरहेका छन्

माओवादी र जसपाले साथ दिने निर्णय नबदल्ने संकेत दिएकैले सरकार बजेट निर्माणमा जुटेको हाे भनेर एमाले नेताले वताए