प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरु संघीय संसदको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिरहेका छन् ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकमा संसदलाई सुचारु बनाउनका लागि विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।


बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी ।


सत्तारुढ दल र प्रतिपक्षबीचको मतभेदले संसद बैठक अवरुद्ध गरेपछि बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ