सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई सम्बोधन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा जारी छलफलमा भाग लिँदै सांसद शर्माले ‘विगतमा परिवर्तनका लागि एकजुट भएका राजनीतिक दलहरू अब आर्थिक चुनौतीलाई सम्बोधन गर्न एकजुट हुनुपर्ने बताए ।

उनले नेपालमा संघीय गणतन्त्रको १५ वर्ष पूरा भएकोले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए । उहाँका अनुसार नीति र कार्यक्रममा जनता केन्द्रित हुनुपर्छ ।

“भौतिक प्रगति सुतानेले भ्यू टावर मात्र बनाउँछ तर मानिसलाई खाडलमा पार्छ अनि भ्यू टावर खडा गर्न डेढ अर्ब रुपैयाँ छुट्याएपछि धनुषाका राजु सदाले जम्मा १५० रुपैयाँमा नुनिलो पानीको बोतल नपाउँदा ज्यान गुमाउनुपरेको छ”भनेर डरलाग्दो विगत सम्झाउनुभयो।

उनले विसं २००७ देखि भएको भ्रष्टाचारको छानबिन गर्न पनि माग गरे । शर्माले दमक, झापाका सुकुम्वासीले भोग्दै आएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । यति लामो समयसम्म किन जग्गाको स्वामित्वको प्रमाणपत्र वितरण नगरिएको शर्माले जिज्ञासा राखे ।