टिकापुर हिंसात्मक घटनामा अदालतले सजाय दिएको व्यक्तिलाई राष्ट्रपतिले आममाफी दिने निर्णय गलत छ भनेर
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले वताए ।

उनलेे भने जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताए ।

सचेतक बर्तौलाले सर्वाेच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउन सरकारले सो काम गर्न लागेको भन्दै आक्रोशित हुदै वताए ।

सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको पनि उनले बताए।

साथै सामाजिक संझालमा पनि यस निर्णय गलत भएकाे भनेर आलोचना छाएको छ ।