भारतले अखण्ड भारतको भित्तेचित्रमा नेपाली भूमि राख्दा द्विपक्षीय सम्बन्धमा असर पार्ने
२०८० जेष्ठ १७, बुधबार ०५:४०
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनको ‘अखंड भारत’ भित्तेचित्रले नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्ध बिग्रने बताएका छन् ।
डा भट्टराईले यो भित्ताले नेपाललगायत छिमेकी मुलुकमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्ने चेतावनी दिए । मंगलबार सामाजिक सञ्जालमार्फत उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक नियत र प्रभावबारे समयमै जानकारी दिनुपर्ने पनि बताए ।
भारतको नयाँ संसद भवनमा राखिएको भित्तिचित्रमा नेपालको विराटनगर , कपिलवस्तु र लुम्बिनीको भूभाग समेत समेटिएको छ भने भारतबाट छुट्टिएको पाकिस्तानको तक्षशिला पनि स्पष्ट देखाइएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने छ । विश्वासको संकटलाई सम्भावित रूपमा बढाउँदै, भारतीय राजनीतिक नेतृत्वले प्रारम्भिक चरणमा नै यस भित्तिचित्रको नियत र प्रभावलाई स्पष्ट पार्नु राम्रो हुनेछ।
भारतले केही दिनअघि मात्रै संसद भवनको उद्घाटन गरेको थियो । उक्त भवनमा राखिएको भित्तिचित्रको नेपाल र पाकिस्तानमा आलोचना भइरहेको छ





