केन्द्रीय सत्ता गठवन्धन रहे पनि काेसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई सहयोग गरिरहेकाे छ । नेकपा माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा प्रवेश नै नगरी कोसी प्रदेश संसदीय दलको बैठक सम्पन्न भयाे ।

आज बसेको बैठकले कोसी प्रदेश सरकारबाट बाहिरिने , नबाहिरिने भन्ने विषयमा निर्णय गर्न सकेनन्

माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीका अनुसार सरकारको समर्थन फिर्ता लिने/नलिने भन्ने विषयमा मंगलबार पार्टीका प्रदेशस्तरीय नेताहरूसँग आवश्यक छलफल र परामर्श गर्ने बताएका छन् ।

बैठकले माओवादी क‌ै नेतृत्वमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार बनाउने पहल गर्न समिति गठन गरेको वताए ।साे समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग सहकार्य र छलफल गर्ने निर्णय गरेकाे छ ।