आज बसेकाे बैठकले नेकपा (माओवादी केन्द्र)को कोसी प्रदेश कमिटीले नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे

माओवादी केन्द्र प्रदेश कमिटी र कोसी प्रदेश संसदीय दलका पदाधिकारीसहितको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेका छन् ।

विराटनगरमा सम्पन्न बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी केन्द्र प्रदेश कमिटी सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए ।

यस निर्णयवाट संसदीय दलबाट अनुमोदन भएपछि माओवादीका तर्फबाट सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिनु पर्छ ।

काेसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे नेतृत्वकाे सरकार संचालनमा सहज अवस्था नरहने देखिन्छ ।