कांग्रेस सही ढंगले जनतासँग जोड्न नसके पार्टीकाे औचित्य गुमाउने शेखर कोइराला
२०८० जेष्ठ २६, शुक्रबार १९:०९
नेपाली काग्रेसका वरिष्ठ नेता डा. शेखर काेईरालाले कांग्रेस सही ढंगले जनतासँग जोड्न नसके पार्टीले औचित्य गुमाउनु पर्ने वताए ।
उनलेे नेपाली कांग्रेसले पार्टी जनताबाट टाढिएको बताए
आज चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले अन्य सार्वजनिक संस्थाको जस्तै कांग्रेसको पनि किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने दिन आएको बताए । उनले जनतासँग जोडिने कार्यक्रम आवश्यक भएको बताए ।
“हाम्रा सामु चुनौतीको चाङ छन् । पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ,” कोइरालाले भने, “हामी यतिबेला जनतासँग टाढिएका छौँ । यो दुःखद् कुरा हो । जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो ।”
काेईरालाले पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको हालकाे स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न नसके पार्टीले औचित्य गुमाउनु पर्ने परिस्थिति रहेको वताए
वरिष्ठ नेताले “हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो । यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन, “तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ ” भनेर वताए ।
उनलेे काग्रेस पार्टी ईतिहासकै गम्भीर मोडमा उभिएको भन्दै विगतमा भएका कमजोरीबाट पाठ सिक्दै सच्चिएर नेपाली जनताको सुनौलो भविष्य निर्माणमा अग्रसर हुनुको विकल्प छैन भनेर वताए




