प्रत्येक बर्षाको समयमा तराईका जिल्लाका अधिकांश सडक छेउमा उभिएका घरहरु सडकको उचाइभन्दा मुनि रहेकाले डुबानमा पर्ने गरेका छन् ।

वर्षायाममा जुनसुकै बेला घरमा पानी पसेर सामानमा क्षति पुग्ने भएकाले घरधनीले भुइँ तल्ला खाली राख्न बाध्य छन् ।

कतिपयले सुरुका दिनमा डुबानको उच्च जोखिम भएका ठाउँका घर भत्काएर सुरक्षित ठाउँमा नयाँ निर्माण पनि गरेका थिए । तर, नयाँ घर बनाउन पैसा र समय चाहिने भएकाले प्रभावित प्रत्येक घरपरिवारमा यो सम्भव छैन ।

यसैबीच, सस्तो मूल्यमा घरलाई डुबानबाट जोगाउन ‘लिफ्टिङ–सिफ्टिङ’ नामक नयाँ प्रविधिको प्रयोग भइरहेको छ ।

यो नयाँ प्रविधि मार्फत घरको उचाइ उठाएर नजिकैको स्थानमा सार्न पनि सकिन्छ ।

बाँकेको जानकी निवासी भोलासिंह राठौरका अनुसार मनसुन नजिकिँदै गर्दा धेरैले घर उठाउने निर्णय गरेका छन्

“प्रक्रियाले घरमा कुनै नोक्सान हुँदैन। यो महँगो पनि छ तर नयाँ घर बनाउन भन्दा सस्तो छ,” बाँकेमा छ महिनादेखि घर लिफ्टिङ र सिफ्टिङको क्षेत्रमा कार्यरत स्थानीय राठौरले भने।

भारतमा २० वर्षदेखि सोही क्षेत्रमा कार्यरत राठौर अहिले नेपालगन्जको न्यूरोडको किनारमा रहेको लोकबहादुर सुनारको घर उठाउँदैछन् ।

‘घर करिब चार फिट उचाल्ने काम भइरहेको छ, काम अन्तिम चरणमा पुगेको छ,’ राठौरले भने ।

नेपालगञ्ज–गुलरिया सडकखण्डको राठौर हुँदै दुईजना आफन्तले घर उठाउँदा आफूले घर उठाउने निर्णय गरेको सरकारका उपसचिव सुनारले जानकारी दिए ।

राठौरका अनुसार यस प्रविधिमा ठूला क्रेन र मेसिनको प्रयोग गरिएको छैन । जसरी मर्मतका लागि गाडी उठाउन ज्याकको प्रयोग गरिन्छ, त्यसरी नै घर पनि उठाएर लिफ्ट गरिएको भागलाई आवश्यकता अनुसार इँटा, सिमेन्ट र फलामको सपोर्टले भरिन्छ ।

“एक तले घरको लागि प्रति वर्गफुट रु ५००, दुईतले घरको लागि प्रति वर्गफुट रु ७५० र तीन तलेको घरको लागि प्रति वर्गफुट रु एक हजार लाग्छ,” राठौरले भने ।

राठौरका अनुसार नेपालगन्ज बाहिरबाट फोन आएको र प्रविधि नयाँ भए पनि तराईका धेरै घरका लागि अत्यावश्यक छ ।

यस्तै प्रविधि लगाएर जनकपुर ,राजविराज र विराटनगर लगायतका तराईका शहरगाँउमा घर मर्मत हुन थालेकाे छ ।