राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारको आक्रामक
२०८० जेष्ठ २८, आईतवार १९:४०
पुराना पार्टीका गतिविधि दिक्क भएको नेपाली समाजलाई नयाँ नाैलाे तरिकावाट राष्ट्रिय स्वतन्त्र पार्टी आकर्षण गर्न लागि परेकाे छ ।संसदीय निर्वाचन मंसिरमा अप्रत्याशित मत पाएको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी संगठन विस्तारको आक्रामक अभियानमा जुटेको छ ।
निर्वाचनमा प्राप्त मतलाई संगठनमा जाेड्दै र आगामी निर्वाचनका लागि तयारी गर्ने योजनासहित रास्वपा पार्टी बलियो बनाउने गाउँ शहर टाेल टाेल पुग्ने रणनीति लिएको छ ।
विशेष गरी पार्टीका महामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी संगठन विस्तारका लागि सक्रियता रूपमा छन् । स्थापना भएको एक वर्ष नपुग्दै रास्वपाले ७४ जिल्लामा आफ्नो संगठन बनाए
डोल्पा, हुम्ला र रुकुम पश्चिमबाहेक सबै जिल्लामा संयोजक र सहसंयोजक तोकिएको पार्टीका सहमहामन्त्रीसमेत रहेका संगठन विभाग प्रमुख बुर्लाकोटीले बताए ।




