नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘ग्रेटर नेपाल’को राजनीतिक र प्रशासनिक नक्सा जारी गरेर देशले आफ्नो अधिकारको प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले छिमेकी भारतले सांस्कृतिक नक्सा जारी गरेको सन्दर्भमा नेपालले त्यसो गर्नुपर्ने बताए ।

सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा नेपालको हक रहेको र नेपाली भूमि कसैले कब्जा गर्न नसक्ने बताए ।

अर्को सन्दर्भमा नेता थापाले आगामी तीन महिनामा हुन लागेको पार्टी नीति अधिवेशनले केही पार्टीको अडान पुनरावलोकन गरी पार्टीलाई सही बाटोमा लैजाने विषयमा दूरदर्शी निर्णय हुने अपेक्षा गरिएको बताए ।