प्रधानमन्त्री प्रचण्ड र चन्दबीच राजनीतिक विषयमा भेटघाट
२०८० असार ७, बिहीबार १४:१४
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दबीच समसामयिक राजनीतिक विषयमा आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच जेठ १९ गते नेकपासहित चार वामपन्थी दलको समाजवादी मोर्चाको घोषणापछिको वातावरण र मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
दुई नेताबीच मोर्चाको प्रभावकारी उपस्थिति, माओवादी आन्दोलनका उपलब्धिलाई थप संस्थागत गर्ने र दलहरु : नेकपा (माओवादी केन्द्र) र नेकपाबीच एकताको सम्भावनाका विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले जानकारी दिईन्




