अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अख्तियारले आरोपपत्रमा ढकालले रु एक करोड ४० लाखभन्दा बढी आर्जन गरेको दाबी गरेको छ, त्यसको कानूनी स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ढकालले २०७४ साल साउनदेखि जेठ मसान्तसम्म सदस्य सचिव हुँदा अख्तियारको दुरुपयोग गरी अख्तियार दुरुपयोग गरी अवैध रूपमा ठूलो रकम असुलेको पाइएपछि आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।