आज वसेकाे प्रतिनिधिसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट पारित गरेको छ ।

विनियोजन विधेयकको पक्षमा १४७ र विपक्षमा १०८ जनाले मतदान गरेपछि संसदबाट पारित भएको थियो

आजको बैठकमा २७५ मध्ये २५५ प्रतिनिधिसभा सदस्य उपस्थित थिए ।

विधेयकमाथिको मतदानपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतले पारित भएको घोषणा गरे ।