चर्चा चुलिएको काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले कामपामा सञ्चालित निजी विद्यालयलाई शिक्षकलाई सरकारी विद्यालयको सरह तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।


आज सामाजिक सञ्जालमार्फत् मेयर शाहले निजी विद्यालयका शिक्षकहरूलाई सरकारले तोकेको तलब नपाएको केएमसी शिक्षा विभागमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
उनले कामपामा सञ्चालित निजी विद्यालयका शिक्षकले तलब लिएको गुनासो कामपामा आइरहेको बताए ।


शिक्षा ऐन, २०२८ ले नेपाल सरकारले तोकेको पारिश्रमिक नघटाई निजी विद्यालयका शिक्षकलाई तलब दिनुपर्ने उल्लेख छ ।


काठमाडौं विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा तलब, निवृत्तिभरण, उपदानलगायत अन्य सुविधा संघीय शिक्षा ऐनमा तोकिएबमोजिम हुने उल्लेख छ,’ मेयर शाहले भने ।


उनले कामपाका सामुदायिक विद्यालयका शिक्षकले पाउने शिक्षकलाई सोहीअनुसार तलब र सुविधा उपलब्ध गराउन निजी विद्यालयलाई निर्देशन दिए