स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा व्यवस्था भएबमोजिम जनताको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभएको छ ।


काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई इको मसुनागा आँखा अस्पतालको निरीक्षण गर्दै मन्त्रीले सरकारले सुरु गरेको स्वास्थ्य क्षेत्रमा अभियानलाई कार्यान्वयन गर्न सबैसँग सहयोग मागेका हुन् ।


“संविधानले राज्यका प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिने प्रत्याभूति गरेको छ। आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई पनि वञ्चित गरिने छैन र प्रत्येक नागरिकलाई आफ्नो उपचारको जानकारी लिने अधिकार छ।”


सो अवसरमा अस्पताल सञ्चालक समितिका महासचिव हिरामणी शर्माले अस्पतालले प्रदान गर्ने सेवाका बारेमा मन्त्रीलाई जानकारी गराए । त्यसैगरी, मन्त्रीले अस्पतालले दिने सेवाका बारेमा बिरामीसँग कुराकानी गरे ।
सन् २००७ मा स्थापना भएको अस्पतालमा दैनिक करिब ३ सय बिरामी आउने गरेको शर्माले बताए