काेसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रिया भाेली शुक्रबार ११ बजेलाई सारेका छन् ।

मुख्यमन्त्री कार्कीलाई सत्ता जाेगाउन दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काग्रेस सभापति शेरवहादुर देउवा फाेन गरेर कार्कीकाे पक्षमा सहयोग गर्न प्रस्ताव गरेका थिए ।

बैठकमा मुख्यमन्त्री कार्कीले अर्को सरकार बन्ने सम्भावना नभएको भन्दै मध्यावधिमा नजाने हो भने आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले सहमतीय सरकार गठनका लागि अह्वान समेत गरेको भन्दै उनले भने, यो बाटोमा नजाने भए हामीले तत्कालै मध्यावधि निर्वाचनको सामना हुने वताएका थिए ।