कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे बहुमत पुगेन
२०८० असार १५, शुक्रबार १३:४१
कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको विश्वासको मत पाउन सकेन् ।
आज भएको प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुग्याे ।
जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।
९३ जना सांसद रहेको प्रदेशसभामा बहुमत पुर्याउनका लागि ४७ सांसद आवश्यक हुन्छ ।
आज प्रदेशसभामा मत विभाजनमा ८९ जना सांसद उपस्थित भएका थिए ।
मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिएका छन् । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने अनुपस्थित रहेका थिए ।




