सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जनमत
२०८० असार १६, शनिबार २१:२९
सरकारका गतिविधिवाट जतमत पार्टीले चित्तबुझ्दो नलागेकाे हुदाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई पटक विश्वासको मत दिएको सीके राउत नेतृत्वको जनमत पार्टी समर्थन फिर्ता लिने मुडमा पुगे
प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेर जनमतले सरकारको विषयमा अन्तिम निष्कर्षमा पुग्ने तयारी गरेकाे छ ।
सरकारका विषयमा वारपार भएपछि पार्टीको सचिवालय बैठकबाट सरकारको विषयमा निर्णय हुने पार्टी उपाध्यक्ष अब्दुल खानले बताए ।
शनिबार प्रधानमन्त्री पाेखरामा कार्यक्रम रहेको हुँदा भेट हुन सकेकाे छैन भाेली भेट गर्ने याेजना रहेको छ ।
यता प्रधानमन्त्री प्रचण्ड भने जनमतलाई सरकारमै समेट्न लागि परेका छन् ।
सरकारबाहिर हुँदा जनमतलाई प्रभावित पार्न सक्ने भएकाले प्रचण्ड सकेसम्म सरकारमै समेट्ने प्रयासमा रहेको उनको सचिवालयले जनाएको छ ।




