गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी
२०८० असार १८, सोमबार १२:०५
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ।
विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो।
६० वर्षभन्दा बढी समय राजनीतिमा सक्रिय रहेका कोइरालाले नेपाली भूमिमा पहिलो राजनीतिक मजदुर आन्दोलन सुरु गरेका थिए, जसलाई आफ्नै गृहनगर विराटनगरमा विराटनगर जुट मिल हडताल गरेका थिए
सन् १९९१ मा उहाँ सन् १९५९ पछि पहिलो प्रजातान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री हुनुभयो, जब उनका भाइ बी.पी. देशको पहिलो लोकतान्त्रिक निर्वाचनमा कोइराला र नेपाली कांग्रेसले सत्ता हात पारेको थियो ।
जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम राखेका छन्।
पूर्वसभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए।
उनले मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गरेका थिए।




