काेसीमा नयाँ सरकारका लागि सत्ता गठबन्धनको बैठक
२०८० असार १८, सोमबार १४:२५
केन्द्रीय सत्ता गठबन्धनको बैठक आज अपराह्न ४ वजे बस्दैछ ।
काेसी प्रदेशमा सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छन्
बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलकाे एजेन्डा रहेको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आज दिउँसो चार बजेका लागि बैठक बोलाएकाे छ भनि जानकारी दिएका हुन् ।
काेसीमा ९३ सदस्यीय प्रदेशसभामा जसमा सत्ता गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ गरी ४७ सांसद रहेका छन् ।




