केन्द्रीय सत्तारुढ गठबन्धनको शीर्ष नेताले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरे ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री दाहालसँगै नेताहरु शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, महन्थ ठाकुर, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, राजेन्द्र पाण्डे, शरदसिंह भण्डारीलगायत थिए