कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाए पछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय विहिवार अपराह्न ५ बजे सकिंदैछ ।

केन्द्रीय सत्ता गठवन्धनकाे निर्देशन अनुसार प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका हुन् ।

काेसी प्रदेशमा पहिलोपटक मुख्यमन्त्रीमा दावी पेश गर्ने अवसर पाएकाे छ ।