कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाकाे नेतृत्वमकाे सरकारमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ ।

शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको बैठकले आचार्यलाई पठाउने सहमति पछि माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने जानकारी दिए ।

बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिएकाे वताए

माेरङ क्षेत्र न ६ क वाट निर्वाचित आचार्य माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुन् ।

हिक्मत कार्की नेतृत्वमा सरकार पनि मन्त्री भई राम्रो काम गरेकाे चर्चा रहेको थियोे ।