संसदको अवरोध हटाउन शीर्ष नेताहरु सहमत
२०८० असार २४, आईतवार २१:१२
प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले संघीय संसद अवरोध हटाउने सहमति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) केपी शर्मा ओली सहभागिता रहेको थियो ।
दुवै सदनको बैठक बुधबारदेखि विपक्षी दलले अवरुद्ध गरेको छ । फलस्वरूप कर्जा प्रवाहलाई अपराधिकरण गर्ने अध्यादेश निष्क्रिय भएको छ भने अन्य महत्वपूर्ण विधेयक अघि बढ्न सकेको छैन ।
आज बसेको बैठकमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले दिएको सुझावमा बैठकले काम गरेको हो ।




