आज विहान ११ वजे देखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ।

हिजो देखि सुरू भएको केन्द्रीय समितिको बैठक बुधबार पनि बस्दै छ ।

आजकाे बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई आफ्नाे धारणा राख्न ७ मिनेटको समय दिइएको छ।

हिजाेकाे बैठकमा बैठकमा पार्टीका उपसभापति, महामन्त्रीहरूले पार्टीको समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा प्रस्ताव पेश गरेका थिए।

बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका थिए।

कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाकाे आग्रहमा पहिलो पटक लाइभ प्रसारण भएकाे थियाे।