चर्तित ललित निवास प्रकरण जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख दीप बस्नेतलाई भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन् । वस्नेतलाई भोलि काठमाण्डौ ल्याइने सम्भावना रहेको छ ।

उक्त प्रकरणमा अदालतले असार १५ गते पक्राउ पुर्जी जारी गर्नुअघि उनी असार १२ गते नयाँ दिल्ली गएका थिए । बस्नेत निकटहरुले उनी उपचारको लागि त्यता गएको बताउँदै आएका छन् ।

ललिता निवास प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् ।