भारतले चामल निर्यात गर्न राेक लगायाे
२०८० श्रावण ४, बिहीबार २०:२५
भारत सरकार अन्तर्गतकाे वाणिज्य तथा वैदेशिक व्यापार विभागले चामल निर्यातमा रोक लगाएको छ ।
उक्त व्यपार विभागले बिहीबार एक सूचना जारी गर्दै यस्तो निर्णय गरेका छन् ।
भारतिय यस्तो कदमले नेपाल लगायतमा छिमेकी मुलुकलाई ठूलो धक्का लाग्ने छ ।
भन्सार हार्मोनी कोड १००३०९० अन्तर्गत पर्ने मोटा, जिरामसिना लगायतका चामल निर्यातमा रोक लगाइएको विभागको सूचनामा भनिएको छ ।
नेपालमा खाद्यान्नको प्रमुख स्रोतको रुपमा रहेको चामल भारतबाट आयात हुँदै आएको छ ।
नेपाललाई आन्तरिक उत्पादनमा वढाउन दबाब थपिएको कृषि विज्ञहरूले वताए ।




