विश्व वजारमा नेपाली नर्सकाे माग वढ्दै गईरहेकाे छ ।
नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन अनलाइन मार्फत आवेदन आजवाट (शुक्रबार) खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले आवेदन शुक्रबारदेखि अनलाइन निवेदन दिने व्यवस्था गरिएको वताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ ।

आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गरि त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ । इच्छुक नर्सहरूले तीन महिनाभित्रमा अनलाइन आवेदन दिन पाउने महानिर्देशक दाहालले बताए

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।

https://ferms.dofe.gov.np