नेपालकाे पूर्वको पहाडी जिल्लाहरू छिचोल्दै अघि बढ्ने ‘फ्रेस ट्रेकिङ ट्रेल’ हो, मुन्धुम ट्रेल । छोटो अवधिमा घुमफिरको धेरै खाले स्वाद लिन पाइने यो ट्रेलमा हिमाल र पहाडका भूवनोट, संस्कृति र प्रकृतिको अवलोकन र अनुभूत गर्न पाइन्छ ।

विशेषता खोटाङ र भोजपुर जिल्लामा पर्ने यो ट्रेलमा किराँत राई समुदायको बसोबास छ । डाँडाकाँडा, खोलानाला, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूसँगै किराँती मिथकसँग जोडिएकाले ‘मुन्धुम पदमार्ग’ नामकरण गरिएको हो । यहाँ बाह्रै मास यात्रा गर्न सकिन्छ । तर, मौसमअनुसारको फरक अनुभव लिन सकिन्छ । वसन्त र शरद ऋतु सबैभन्दा उपयुक्त मानिन्छ

यो ट्रेलमा अल्ट्रा म्याराथन, हाइकिङ, माउन्टेन साइक्लिङ, घोडचढी, प्याराग्लाइडिङ, हनी हन्टिङलगायतमा साहसिक गतिविधिहरू देख्न सकिन्छ । यसलाई सरकारले नेपालको घुम्नै पर्ने सय गन्तव्यमा पनि समावेश गरेको छ । यो ट्रेल खोटाङको चखेवाबाट सुरु भएर धोत्रे–मैयुङ–रावाधाप–साल्पा भन्ज्याङ–सिलिचुङ–ह्याकुले–हाँस पोखरी हुँदै भोजपुर सदरमुकाममा पुगेर टुंगिन्छ । यो विदेशी पर्यटकका लागि यो पदमार्गको पुरा अवधि १४ दिनको छ भने १०७ किमी पार गर्न नेपालीको लागि आफ्नो अनुकूल केही कम हुन पनि सक्छ ।

नेपालकाे अत्यन्तै सुन्दर र राेचक यस पद यात्रा रहेको छ