नेपालकाे शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा परिवर्तन गर्नका लागि युरोपेली संघले १०.६३ अर्ब रुपैयाँ आर्थिक सहयता स्वरुप उपलब्ध गराउने छ

याे सहायता प्रदान गर्ने सम्बन्धमा नेपाल र ईयूबीच शुक्रबार दुई छुटुटाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।


उक्त सम्झौताअनुसार ईयूले विद्यालय शिक्षा क्षेत्र योजनाअन्तर्गत सबैको लागि गुणस्तरीय शिक्षा कार्यक्रममा ७.३८ अर्ब रुपैयाँ अनुदान स्वरुप उपलब्ध हुनेछ ।

अर्को स्थानीय पहलबाट जलवायु परिवर्तनका असर कम गर्न ३.२५ अर्ब रुपैयाँ अनुदान रकम ईयू दिने छ ।