नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने बताए।

आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले ‘सम्पत्ति विवरण पार्टीमा बुझाउने अभियान सञ्चालन गर्नुपर्छ,’ भनेर वताए

कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा भए पनि सुशासनको प्रत्याभूति नभएको पराजुलीले बताए। ‘जनउत्तरदायी काम गर्न ढिला गर्न हुन्न,भनेर उनले धारण राखे ।

उनलेे केन्द्रीय समिति वैठकमा पार्टीभित्र गुटबन्दी पनि चरम रहेको साथै एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गर्छन्।’ भनेर वताए

पराजुलीले अन्तर्घात गर्नेलाई कडा अनुशासन कारबाही गरिनुपर्ने बताए। आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मत जित्न सफल भएको उनको भनाइ छ।

केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरेका छन्