अध्यक्ष पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनले भेटघाट
२०८० श्रावण ८, सोमबार १३:१९
राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरोका सदस्य युआन जियाजुनले आइतबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता आजदेखि तीनदिने नेपाल भ्रमणमा आउँदैछन् ।
भेटमा नेपाल र चीनबीचको द्विपक्षीय हित र आपसी सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेश चालिसेले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल र चीन प्राचीनकालदेखि नै असल मित्र भएकाले यस्ता उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।
भेटमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र चिनियाँ तर्फबाट प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने नेपालका तर्फबाट राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा चालिसे, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो




