स्थानीय तहका पदाधिकारी विच कार्यशैली प्रति विवाद हुने क्रम वढ्दै गईरहेकाे छ यस्तैमा जुम्लाको गुठिचौर गाउँपालिकाका अध्यक्षलाई थप्पड हानेपछि पक्राउ परेकी उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)आठ दिनपछि रिहा भएकी छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय जुम्लाले मल्ललाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा तीन हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिए।

असार ३१ गते जाहेरी परेपछि त्यहि दिन पक्राउ गरेका थियौँ। अनुसन्धान सकेर अभियोजन सरकारी वकिलको कार्यालयमा बुझायौं,’ डिएसपी कार्कीले भने, ‘त्यहाँबाट अभियोजन जिल्ला प्रशासनमा गएपछि आइतबार तीन हजार धरौटी तिरेर उहाँ छुट्नुभयो।’

गत असार ३१ गते दिउँसो उपाध्यक्ष मल्लले गाउँ कार्यपालिकाको बैठकमा अध्यक्ष दानबहादुर बुढालाई मनोमानी गरेको भन्दै थप्पड हानेकी थिइन्