कुनै समयमा नेपाल काेदाे लगायत अन्नमा आत्मनिर्भर रहेको थियोे । नेपाली अन्न वालि उत्पादनमा कमी हुदै जाँदा कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । वैदेशिक रोजगारीमा जाने जनसंख्या वृद्धिकम कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन थालेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ ।

काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात वताए