कोसी प्रदेशको आज फैसलाको सम्भावना
२०८० श्रावण ११, बिहीबार १०:४१
कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेको प्रदेश सरकारविरुद्धको रिटमाथि फैसला हुने सम्भावना छ ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सो रिटमाथि सुनुवाइ गरेका थिए ।
रिटमाथिको बहस हिजो सकिएको थियो साे रिटलाई ‘हेर्दाहेर्दै’मा राखियाे त्यसकारण आज अन्तिम फैसला हुने वादी–प्रतिवादी दुवै पक्षको अपेक्षा छ ।
बुधबार सुनुवाइपछि इजलास उठ्ने बेलामा न्यायाधीश खतिवडाले बहसमा सहभागीको काम सकिएको बताएका थिए । अब आफूहरूको काम मात्र बाँकी रहेको उनको भनाइ रहेको थियोे ।




