एक महिनामा ११ लाख किलो टमाटर भारत गयाे
२०८० श्रावण १२, शुक्रबार ०९:४९
भारतीय वजारमा टमाटरकाे मुल्य वढेपछि नेपाली किसानलाई फाइदा भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा १० लाख ९४ हजार किलो टमाटर भारत निर्यात भएको छ। सो परिमाणको टमाटर निर्यातबाट नेपालले एक करोड ४९ लाख रूपैयाँ आम्दानी गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार उक्त परिमाणको टमाटर असारमा मात्रै निर्यात भएको छ। गत साउनदेखि जेठसम्म भने यहाँबाट भारत निर्यात भएको छैन।
असारमा मात्रै भारतबाट पनि नेपालमा ५० लाख किलो टमाटर आयात भएको विभागको तथ्यांकले देखाएको छ।
भारतीय वजारमा टमाटर भारू तीन सय पचास सम्म पुगेको थियोे । हालैका दिनमा पनि टमाटर एक सय प्रति केजी मुल्य रहेको छ ।




