कोवास कलेजमा अभिमुखिकरण
२०८० श्रावण १२, शुक्रबार २०:२७
काेसी प्रदेशको राजधानी विराटनगरमा रहेको कोवास कलेजले २९ औ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गरेको छ ।
विद्यार्थीलाई उत्कृष्ट ,गुणस्तरीय र शिक्षा दिदै लामाे समयदेखि कलेज संचालन भईरहेकाे छ ।
शिक्षासंगै व्यवहारिक ज्ञान दिने यस कलेजले आज नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजले कसरी विद्यार्थी अव्वल वनाउछ साथै कलेजका विभिन्न विषयमा जानकारी गराएको छ ।
साे कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले यस कलेजले अत्यन्तै सुव्यवस्थित तवरले संचालन गरि विराटनगर शिक्षाको हव वनाउन सहयोग गरेको वताए ।
साथै प्रिन्सिपल केवलप्रसाद पोखरेलले कलेजलाई विद्यार्थीकाे गुणस्तरीय शिक्षा दिन प्रतिवद्ध रहेको वताए
साे कार्यक्रममा कलेजका निर्देशक प्रिया सारडा, एस्पाय कलेजका क्याम्पस प्रमुख सिएम बस्नेत , सास्तम कलेजका व्यवस्थापन महेश्वरप्रसाद सिंह र कलेजका पूर्व विद्यार्थी सिए एलिस अलीलगायले कलेजको बारेमा जानकारी गराएका थिए ।




