अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ ।

सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको नगरपालिकाका इन्जिनियर हरि बोहोराले बताउनुभयो ।

अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको छ।

एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन गरेपछि धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो मूर्ति स्थापना गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाइ छ।