विश्व वजारमा हाम्रो घरवारि वा जंगल देखिने धेरै चिजबिजकाे मुल्य धेरै छ तरपनि हामीलाई जानकारी नहुनपनि सक्छ । सर्प झैँ बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर यसको विष धेरै महँगो हुन्छ भन्दा विश्वास गर्न पनि असहज हाेला ।

एक लिटर बिच्छीको विषको मूल्य १० लाख डलरसम्म पर्छ जसलाई नेपाली मुद्रामा कुरा गर्ने हो भने करिब १३ करोड रुपैयाँ हुन्छ ।

टर्कीको एउटा प्रयोगशालामा २०,००० बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष सङ्कलन गरिन्छ ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले आफूले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका अनुसार बिच्छीको डसाइमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्म बिक्री हुने गरेको छ