कोशीमा मध्यावधिमा जानु उपयुक्त विकल्प हुने बाबुराम भट्टराई
२०८० श्रावण १४, आईतवार १०:३०
काेसी प्रदेशको सरकारलाई अदालतकाे फैसलाले कामचलाउ ठहर गरेपछि पुनः नयाँ सरकार गठन समय वाँकि रहेको अवस्थामा नेसपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् ।
नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि नयाँ सरकार गठन गर्न साउन १६ गते मंगलबार सम्म दाबी पेश गर्ने पहल भइरहेका बेला भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् ।




