माेरङ बुढीगंगा गाउँपालिका वडा न एककाे नवनिर्मित भवनललाइ नेपाली कांग्रेसका वरिष्ठ नेता माननीय डा. शेखर कोइरालाले उद्घाटन गर्नु भएको छ ।

आज भएको उद्घाटन समारोहमा डा शेखर काेइरालले
मुलुककाे विकासमा सुशासन हुनु अति जरुरी रहेको छ साथै यश गाउँ प्रति मेरा विशेष लगाव र जिम्मेवारी रहेको छ भनेर वताएका छन्

दाताका तर्फबाट खिलानाथ निरौलाले हामीले जग्गा दिन पाउँदा अत्यन्तै खुसी लागेको वताए साथै यस कार्यमा उत्प्रेरित गर्ने प्रा कविराज न्याैपाने र माधव काेईराला प्रति सम्मान प्रकट गरेका छन् ।

साे सभामा जग्गादाता मोहन प्रसाद, मदन प्रसाद, महेश प्रसाद र नगेश प्रसाद कोइराला तथा खिलानाथ निरौलाद्वारा भवन निर्माणका लागि तिन कठ्ठा जमिन प्रदान गर्नुभएको छ

सबै जग्गा दाताहरूलाई दानशीलताको प्रशंसा गर्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।

सभामा जग्गा प्राप्तिका लागि खेलेको भुमिका निमित्त प्रा कविराज न्याैपाने र माधव काेईरालालाई डा शेखरवाट
दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ ।

उक्त नवनिर्मित भवन उद्धाटन समारोहका सभापति तथा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले बुढीगंगालाई नमुना याेग्य काम गरेर जनताकाे जीवन स्तरमा सुधारका लागि पालिका क्रियाशील रहेको वताए

वडा क्षेत्रलाई प्राथमिकतामा राखेर विच सेन्टर हुने गरि भवन वनाएकाे छ भनेर वडा अध्यक्ष साेमराज काफ्लेले वताए

साे सभामा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार ,वालचंद्र माझी ,नेकाका भक्ती माझी लगायतको व्यापक जन सहभागी रहेको वडा सदस्य माेहन खतिवडाले जानकारी दिनुभएको छ ।