प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै सदनमा जारी अवरोध अन्त्य गर्ने विषयमा विशेष जोड दिइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।


आइतबार पनि प्रमुख तीन दलबीच समसामयिक राजनीतिबारे छलफल गर्न बालुवाटारमा बैठक बसेको थियो ।