बाँदरले बालीनाली क्षति गरे अब क्षतिपूर्ति पाइने
२०८० श्रावण १८, बिहीबार ०९:३९
मुलुक भरि नै किसानहरूका बालीमा हुने वन्यजन्तु क्षति प्रति सरकारले क्षतिपूर्ति दिने व्यवस्था गरेको छ
बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतंकबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ । यस्तै आतंकबाट पीडित कृषकका लागि भने अब केही राहत हुने व्यवस्था गरिएको छ ।
सरकारले बाँदरका कारण बालीनालीमा पुगेको क्षतिपूर्ति दिने भएको छ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा पशुपालकलाई दिइने राहत रकम विस्तार र वृद्धि गर्दै नयाँ ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारि गरेको छ ।
साउनदेखि कार्यान्वयनमा आएको यो निर्देशिकाअनुसार अब बाँदर र नीलगाईका कारण समेत बालीमा क्षति पुगे राहत दिने प्रावधान ल्याइएको छ ।




