विराटनगर महानगर भित्रका सामुदायिक विद्यालयकाे गुणस्तरीय पढाइ नगरिएको भन्दै एक्लै आवाज उठाउने अभियन्तालाई पक्राउ गरिएको छ ।

विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक्लो आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको छ ।

सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै गत जेठदेखि महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी इन्दिरा चापागाईंलार्ई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको हो ।

विराटनगरका मेयर नागेश कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो ।