नेपालीकाे भान्सामा प्रयोग हुने हाम्रा माैलिक सामाग्रीहरू पनि विदेशवाट आयात वढ्दै गएको छ चाहे मसला हाेस् वा अचार

यही अचार अहिले नेपालमा विदेशबाट आउने गरेको छ । अर्थात् अचारमा पनि नेपाल आत्मनिर्भर बन्न सकेको छैन

अचारमा पनि चीनवाट सवैभन्दा वढी नेपाल आयात गरिएको छ ।

नेपालले विभिन्न देशबाट १० करोड २ लाख १४ हजार रुपैयाँको अचार आयात गरेको विवरण भन्सार विभागकाे गत आर्थिक वर्ष २०७९/०८० देखाएको छ ।

जसमा पछिल्लो एक वर्षमा नेपालले चीनबाट सात करोड ६७ लाख ६५ हजार रुपैयाँ र भारतबाट दुई करोड ३३ लाख २८ हजार रुपैयाँको अचार आयात गरेको भन्सार विभागको तथ्यांकले देखायाे ।

०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म तीन लाख ७१ हजार ११२ केजी विभिन्न प्रकारका अचार नेपाल भित्रिएको छ । नेपालले अस्ट्रेलिया, चीन, भारत र युनाइटेड अरब इमिरेट्स (यूएई)बाट अचार आयात गरियाे ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ करोड ६४ लाख ६१ हजार रुपैयाँको अचार आयात गरेको थियो । उक्त मूल्यमा तीन लाख ६७ हजार ५५२ केजी अचार नेपाल भित्रिएको थियो