बुढीगंगामा बृहत वृक्षरोपण कार्यक्रम
२०८० श्रावण २३, मंगलवार १०:५६
माेरङ बुढीगंगा गाउँ पालिकाले वाँसवारी चाैकदेखी वुढीखाेला पुलसम्म काेशी राजमार्गको डिभाडरकाे खालि भागमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
एनआईसी वैककाे समन्वयमा ५०० भन्दा बढी बिरुवा रोपिएको हो । उक्त कार्यक्रममा स्थानीयवासी,ससस्त्र प्रहरी बल तथा एनआईसी वैक कर्मचारी लगाएत संघसंस्थाका प्रतिनिधि गरि करिब २५० जनाको सहभागिता रहेको थियो ।
वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै बुढीगंगा गाउँ पालिकाका अध्यक्ष जितनारायण थापा मगरले पर्यावरण संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउन “हाम्रो वुढीगंगा ,राम्रो बुढीगंगा ” वनाउन यस अभियानमा वृक्षरोपण कार्यक्रम गरिएको बताए।
एनआईसी वैक काेसी प्रदेश प्रमुख प्रकाश चंन्द्र अधिकारीले स्थानीय तहसंग मिलेर वातावरण संरक्षणमा काम गर्न पाउदा खुसी लागेको वताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार , नेपाली काग्रेस कावा सभापति कुमारचंद चाैधरी , वडा अध्यक्षहरू साेमराज काफ्ले , तिलकनाथ मंडल र शशि कान्त चाैधरी , जनप्रिय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवनेश्वर मंडल , s.p तिर्थ थापा , सप्तकोसी डेभलपमेन्ट वैक शाखा प्रवन्ध दर्शनराज न्याैपाने , पालिका वाेर्ड सदस्य किरण चाैधरी ,सपना काेईराला लगायतकाे उपस्थिति रहेको वडा सदस्य मिना देवी विश्वासले जानकारी दिईन्





