सन् १९८६ मा स्थापना भएको सूर्य नेपाल प्रालिले चुरोट बेचेर एक वर्षमै २७ अर्ब रुपैयाँ कमाएको छ ।

प्रालिले अघिल्लो वर्षकोभन्दा डेढ अर्ब रुपैयाँ अर्थात् १०.२९ प्रतिशतले बढी नाफा गरेको छ ।

सूर्य लगायतका ब्राण्डमा चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको सूर्य नेपाल राम्रो प्रतिफल दिने कम्पनी पनि हो

सूर्य नेपालमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर छ। ३९ प्रतिशत नेपाली व्यक्तिगत लगानीकर्ताको स्वामित्व छ। यस्तै २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको स्वामित्व छ।

गत वर्ष गरेको नाफाबाट सूर्य नेपालले सेयरधनीलाई १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश घोषणा गरेको छ। यो अघिल्लो वर्षको भन्दा १ अर्ब रुपैयाँले बढी हो ।

नेपाल सरकारलाई सबैभन्दा वढी कर वुझाउने कम्पनी मध्ये सूर्य नेपाल पनि पर्दछ ।